FAQs Complain Problems

माईजोगमाई गाउँपालिका परिचय

menu

माईजोगमाई गाउँपालिका इलाम जिल्लाको सुदुरपुर्बी छेत्रमा रहेको गाउँपालिका हो | नेपालको संधीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानिय तहको नंया सिमांकन गर्दा यो गाउँपालिका साबिकका ५ वटा गाबिसहरु बाट रुपान्तर भइ स्थापना भएको हो | यो गाउँपालिका जातिगत तथा सास्कृतिकरुपमा बिशिस्टता र विविधता बोकेको गाउँपालिका हो | इलामको पुर्बी भागमा मात्र बसोबास गर्ने न्यूनसंख्यामा रहेका लेप्चा र थामी जातिहरुको समेत यस गाउँपालिकामा बसोबास रहेको छ | ऐतिहासिक तथा पर्यटकीय महत्वको रुपमा रहेको समाजसेबी सन्त बालागुरु कर्मभुमि नयाँबजार, प्रसिद् धार्मिक आस्थाको केन्द्र नामसलिंग रहेको माइबेनी धाम, नयाँबजारको बौद्ध गुम्बा, सिंहदेवी मन्दिर, गोर्खेको शीवालय आदि प्रमुख रहेको छ | प्यांग को सुर्योदयको दृश्य देखिने टाकुरा, जोगमाईमा रहेको प्राकृतिक खर्क तथा सतही जलभन्डार, ऐतिहासिक ब्यापारिक केन्द्र गोर्खे बजार , शिवधाम प्रसिद् माई, जोगमाई, मेची नदि यस गाउँपालिकाका ऐतिहासिक महत्वका स्थलहरु हुन् |